प्रहरीका एआईजी उमेश जोशीको अवकाश, पोषराजलाई २ दिने एआईजी बन्ने बाटो खुला

बुधबार, असार १९, २०८१
honor mob  winter sales

काठमाडौं । विसंं.२०५१ चैत ५ गते नेपाल प्रहरीको प्रहरी निरीक्षकमा प्रवेश गरेका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) उमेशराज जोशी अवकाशमा गएका छन् ।

Honor x7 pad

गएराति १२ बजेदेखि एआईजी जोशी उमेर हदका कारण अवकाश गएका हुन् । अवकाश भएका एआईजी जोशीलाई अर्का एआईजी टेकप्रसाद राईले बिदाइ गरेका हुन् ।

एआईजीको उमेर हद ५६ वर्षका कारण अनिवार्य अवकाश गएका  एआईजी जोशीको स्थानमा अब डीआईजी पोषराज पोखरेललाई दुई दिने एआईजी बन्ने बाटो खुलेको छ। डीआईजी पोखरेल यसअघि नै एआईजी बढुवाका लागि सिफारिस भइसकेका छन् ।

पोखरेल एआईजी भएपनि यही असार २१ गते स्वत:अवकाश जानेछन् ।

 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  ११:५५
प्रतिक्रिया दिनुहोस्