बोल्न पाउने अधिकार हनन भएको भन्दै मुखमा कालो टेप लगाएर बैठकमा पुगे रास्वपा महामन्त्री मुकुल

बुधबार, असार १९, २०८१
Honor 600 pro

काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठकमा एक अनौठो दृश्य देखिएको छ।

रास्वपाका महामन्त्री एवंं पार्टी प्रवक्ता मुकुल ढकालले लोकतन्त्रमा बोल्न पाउने हक अधिकार हनन भएको भन्दै मुखमा कालो टेप लगाएर पार्टीको बैठकमा गएका हुन् ।

महामन्त्री ढकालले पार्टीको केन्द्रीय समितिको बैठक लाइभ गर्न माग गर्दै अएका उनको सुनुवाइ नभएपछि मुखम कालो टेप लगाएर बैठकमा गएका हुन् ।

बैठकमा सहभागी बनेका महामन्त्री ढकालले मुखमा मास्क लगाएर मास्क बाहिर कालो टेपलाई क्रस बनाएर लगाएका छन् ।

 

 

 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १०:३७
प्रतिक्रिया दिनुहोस्