गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ

बुधबार, असार १९, २०८१
honor mob  winter sales

काठमाडौं । निलम्बनको माग गरिएको गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटको आज सुनुवाइ हुँदैछ। मंगलबार हुने भनिएको सुनुवाइको मुद्दा हेर्दाहेर्दैमा राखिएपछि आज सुनुवाइ हुन लागेको हो।

Honor x7 pad

मंगलबार दिनभर लामिछानेका कानुन व्यवसायीले बहस गरेपछि जवाफका लागि आज हेर्दाहेर्दैमा राखिएको थियो। निवेदका तर्फबाट रमण कर्णसहितका कानुन व्यवसायीले जवाफी बहस बाँकि रहेको बताइएको छ।

लामिछानेलाई निलम्बन गरी उनीमाथि सहकारी प्रकरणको अनुसन्धान गर्नुपर्ने माग राखी गत जेठ १४ गते अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

रिटमा कास्की, रुपन्देही र चितवनमा लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा दायर नभएको भनेर महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्रको कानूनी वैधतामाथि पनि प्रश्न उठाउँदै महान्यायाधिवक्ता दिनमणि पोखरेललाई पनि विपक्षी बनाइएको छ ।

 

 

 

  

 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  ०९:४०
प्रतिक्रिया दिनुहोस्