इलाका प्रहरी कार्यालयका इन्चार्ज होटलमा मृत भेटिए, साहुनी र छोरा नियन्त्रणमा

मंगलबार, साउन ९, २०८०
honor mob  winter sales

बाग्लुङ । बागलुङका एक जना वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) मृत भेटिएका छन्। इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्जसमेत रहेका सई उज्वल पौडेल होटलमा मृत भेटिएका हुन्। 

Honor x7 pad

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार उनी सोमबार राति १२ बजेतिर बडिगाड गाउँपालिका–६ मा रहेको आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा मृत भेटिएका छन्। 

बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठका अनुसार होटेलको तल्लो तलामा पर्दाको पासो लगाएर झुण्डिएको र होटेल साहुका छोराले देखेर पासो काटेर वडाध्यक्षलाई खबर गरेका थिए। 

प्रहरीले अनुसन्धानका लागि होटलकी साहुनी र छोरालाई चौकीमा लिएको छ। घटना करिब सोमबार राति १२ बजेतिरको रहेको बताइएको छ। मध्यराति १ बजेतिर होटल सञ्चालकले वडाध्यक्षलाई फोन गरेर घटनाबारे जानकारी दिएका थिए।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी टोली घटनास्थलतर्फ गइरहेको छ। जिल्लाबाट घटनास्थल करिब ७४ किलोमिटर टाढा रहेको छ। बाटो अवरुद्ध भएका कारण जिल्लाको टोली अझै घटनास्थल पुग्न सकेको छैन।

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  ०९:३३
प्रतिक्रिया दिनुहोस्