नक्कली म्यानपावर सन्चालन गर्ने दुई भारतीय नागरिक पश्चिम नवलपरासीबाट पक्राउ

मंगलबार, असार १८, २०८१
Honor 600 pro

नवलपरासी । पश्चिम नवलपरासी प्रहरीले नक्कली मेनपावर कम्पनी सन्चालन गर्ने दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

जिल्लाको रामग्राम नगरपालिका-५ बाइपासमा बिना दर्ता म्यानपावर कम्पनी सन्चालन गर्ने जेडी म्यानपावरका सन्चालक मुम्बईका २४ बर्षीय निर्सग रविन्द्र राणे र मुम्बईकै ३७ बर्षीय जावेद मसिहलाई श्रम तथा रोजगार कार्यालय बुटवलको सहकार्यमा पक्राउ गरेको पश्चिम नवलपरासी प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरुलाई पक्राउ गरेसँँगै उनीहरुले सन्चालन गरेको बिना दर्ता सन्चालित म्यानपावर बन्द गरेको जनाएको छ।

प्रहरीले पक्राउ परेका उनीहरुको साथबाट ल्यापटप,भारतीय आधार कार्ड  विभिन्न भारतीय बैंकका चेक, कार्ड बरामद गरेको जनाएको छ।

श्रमसँँग सम्बन्धित मुद्दा भएकाले प्रहरीले उनीहरुसहित बरामद गरिएका सामाग्रीलाई आबश्यक अनुसन्धानका लागि श्रम तथा रोजगार कार्यालय बुटवल पठाएको प्रहरीले जानकारी दिएको छ।

साथै प्रहरीले उक्त म्यानपावर पीडितलाई श्रम तथा रोजगार कार्यालय बुटवलमा सम्पर्क गर्न अनुरोध गरेको छ।

 

 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १८:२३
प्रतिक्रिया दिनुहोस्