भ्रष्टाचारको फाइल खुल्न थालेपछि केहीलाई जोगाउन रातारात सत्ता समीकरण फेरियो: गृहमन्त्री

मंगलबार, असार १८, २०८१
Honor 600 pro

काठमाडौं । भ्रष्टाचारका ठुला फाइल खोल्न थालेपछि निश्चित ठुका व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरण फेरबदल हुन लागेको गृहमन्त्री रवि लामिछानेले दाबी गरेका छन् ।

आज पार्टीको पदाधिकारी बैठकपछि लामिछानेले सो प्रतिक्रिया दिदै ठुला भ्रष्टाचारका फाइल खोल्छु भन्ने बित्तिकै ठुला बडाहरु अत्ताल्लिएर सरकार फेरबदल गर्न खेलमा लागेको बताएका हुन् 

'एकाएक देशको राजनीतिक माहोलमा जे भएको छ, त्यो त केही भन्नैपर्ने नै छैन, यसले सबै कुरा प्रष्ट देखाएक छ नि?' लामिछानेले भने।

कसैलाई इन्किन्त गर्दै उनले भने-' संविधान जोगाउने खोजेको कि कसैलाई बचाउन खोजेको? त्यति पनि नबुझ्ने होर।'

 

 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १६:३१
प्रतिक्रिया दिनुहोस्