ललितपुर खुकुरी प्रहार घटनाका एक आरोपीले गरे आत्मसमर्पण

मंगलबार, असार १८, २०८१
Honor 600 pro

ललितपुर । ललितपुरमा एक व्यवसायीमाथि खुकुरी प्रहार भएको घटनामा संंलग्न व्यक्तिले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । 

गत असार ७ गते दिउँसो पौने १ बजे ललितपुर-९ छेडामा ४० वर्षीय मनोजकुमार बानियाँलाई खुकुरी प्रहार भएको घटनामा भैंसेपाटी बस्ने  केसीले प्रहरी समक्ष आत्मसमर्पण गरेको ललितपुर प्रहरीले जनएको छ।

ललितपुर प्रहरीले केसीमाथि ज्यान मार्ने उद्योगमा अदालतबाट ८ दिनको म्याद थप गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ भने उक्त घटनामा संंलग्न अन्य व्यक्तिहरु फरार रहेकाले खोजीकार्यका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली जिल्ला प्रहरी परिसर ललितपुरको खटिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार  बानियाँले छेडामा बतासे कटेज सन्चालनका लागि संंरचना निर्माण गर्दै गर्दा जग्गा विवादमा उनीमाथि खुकुरी प्रहार भएको अनुसन्धानमा खुल्न आएको छ।

 

 

 

 

 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १३:३१
प्रतिक्रिया दिनुहोस्