लुम्बिनीका चार जिल्लामा भारी वर्षा, सचेत रहन आग्रह

मंगलबार, साउन ९, २०८०
honor mob  winter sales

बुटवल । लुम्बिनी प्रदेशका चार जिल्लामा भीषण वर्षा भएको छ। प्रदेशका नवलपरासी पश्चिम् , रुपन्देही, पाल्पा, प्युठान र आसपासका स्थानमा भारी वर्षा मापन भएको छ । 

Honor x7 pad

भारी वर्षाका कारण भारी वर्षाका कारण बुटवलस्थित तिनाउ र पश्चिम राप्ती नदीमा बाढी आएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान चार बजे सार्वजनिक गरेको सूचना अनुसार तिनाउ नदी बाढीमापन केन्द्र बुटबलमा जलसतहले खतरा तह पार गरेको छ भने राप्तीमा आउने बाढीबाट बच्न सम्बन्धित सबैलाई अनुरोध गरिएको मौसम विज्ञान विभागले जनाएको छ।

त्यस्तै तिनाउ नजिक रहेका होचा स्थानका वासिन्दालाई आज  दिउँसो १२ बजेसम्म सुरक्षित स्थानमा जान जानकारी समेत गराइएको छ।

अहिले नेपालगन्जमा धेरै दिनपछि वर्षा भइरहेको छ। त्यस्तै काठमाडौं उपत्यकामा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । 

गण्डकी, लुम्बिनीका बाँकि जिल्ला, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरू मेघ गर्जन-चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

 राती सबै प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  ०८:२३
प्रतिक्रिया दिनुहोस्