प्रचण्डले राजीनामा नदिने बरु विश्वासको मतको सामना गर्ने निर्णय

मंगलबार, असार १८, २०८१
Honor 600 pro

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ समीकरण बन्ने भएपछि अत्ताल्लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामामा नदिने निर्णय गरेका छन् ।

आज बसेको नेकपा माओवादी केन्द्रको आकस्मिक पदाधिकारी बैठकले प्रधानमन्त्री राजीनामा नदिने बरु विश्वासको मतको सामना गर्ने निर्णय गरेको छ।

पदाधिकारी बैठक अघि बालुवाटार पुगेका एमाले  अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री  प्रचण्डलाई पदबाट राजीनामा गर्न आग्रह गरेका थिए। तर माओवादीको बैठकपछि प्रधानमन्त्रीले सो निर्णय गरेका हुन् ।

 

 

 

 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ११:४३
प्रतिक्रिया दिनुहोस्