राजनीतिक स्थायीत्वका लागि कांग्रेस-एमालेको राष्ट्रिय सहमतिको सरकार: शंकर पोखरेल

मंगलबार, असार १८, २०८१
Honor 600 pro

काठमाडौं । राजनीतिक स्थायीत्वका लागि नेपाली कांग्रेससँँग सहकार्य गरेर राष्ट्रिय सहमतिको सरकार बनाउने नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताएका छन् ।

महासचिव पोखरेल राजनीतिक स्थायीत्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरूपका कानून समेत निर्माण सहमति समेत भएको बताएका छन्।

‘राजनीतिक स्थायीत्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरूपका कानूनसमेत निर्माण गर्ने गरी केपीशर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतीको सरकार बनाउन नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा समझदारी भएको छ,’ उनले भनेका छन्, ‘यस प्रक्रियामा सहमत दलहरूलाई राष्ट्रिय सरकारमा समावेश गरिनेछ।’

एमाले र कांग्रेसका बीचमा राष्ट्रिय सहमतिको सरकार बन्ने सहमति भएको छ। सहमतिअनुसार संसद्को बाँकी कार्यकाल सरकारको नेतृत्व आधाआधा कार्यकाल बाँड्ने सहमति भएको छ। सहमति अनुसार पहिलो चरणको सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्ने र बाँकी कार्यकाल कांग्रेस सभापति देउवाले गर्नेछन् ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १०:१५
प्रतिक्रिया दिनुहोस्