प्रधानमन्त्रीले राजीनामा नदिँदासम्म रास्वपाले सरकारले नछाड्ने

मंगलबार, असार १८, २०८१
honor mob  winter sales

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिदा सम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले नछाड्ने बताएको छ।

Honor x7 pad

सत्ताको प्रमुख घटक नेकपा एमाले प्रचण्ड सरकारबाट बाहिरिए पनि रास्वपाका मन्त्रीले राजीनामा नदिने भएका हुन् । 

रास्वपा उच्च स्रोतका अनुसार रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई अन्तिमसम्म साथ दिने छ ।  ‘प्रधानमन्त्रीको राजीनामा नआएसम्म हाम्रा मन्त्रीहरूले सरकार छोड्नु हुन्न । नयाँ सरकार बनाउने कुरामा हामी सामेल छैनौँ,' स्रोतले  भन्यो । 

नेपाली कांग्रेससँग मिलेर आफ्नो पार्टीको सरकार बन्ने भएपछि एमाले मन्त्रीहरू भने प्रचण्ड सरकारबाट राजीनामा दिने तयारीमा छन् ।  

रास्वपा उपसभापति डोलप्रसाद अर्यालका अनुसार विकसित राजनीति घटनाक्रमबारे रणनीति बनाउन रास्वपा सचिवालय बैठक जारी छ । रातोपाटी ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ०९:०३
प्रतिक्रिया दिनुहोस्