नेपालगन्जको न्यूरोडबाट प्रहरीले बरामद गर्‍यो साढे ३८ लाख बढीको कपडा

सोमबार, असार १७, २०८१
Honor 600 pro

नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले भण्डारण गरि राखेको ठुलो परिमाणमा अवैध कपडा बरामद गरेको छ। 

प्रहरीको टोलीले आज नेपालगन्ज-२न्यूरोडस्थित भानुभक्त चोकमा सोनी गुप्ताले भारतबाट अवैध रुपमा भन्सार छली गरि ल्याइ आफ्नै घरमा भण्डारण गरेर राखेको साढे ३८ लाख रुपैयाँ बढीको कपडा बरामद गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

बाँके प्रहरीले ३४ लाख १९ हजार २ सय रुपैयाँ बराबरको ४२ सय ७४ पिस कुर्ता सुरुवाल, ४ लाख २० हजार मूल्यका ८४० पिस साडी गरि ३८ लाख ३९ हजार २ सय रुपैयाँ बराबरको कपडा बरामद गरेको जनाएको छ।

जिल्ला प्रहरी बाँकेले बरामद गरेको सबै अवैध लत्ताकपडालाई आजै आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएको जानकारी दिएको छ।

 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १५:५५
प्रतिक्रिया दिनुहोस्