एक जना पनि मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक स्थगित

सोमबार, असार १७, २०८१
Honor 600 pro

काठमाडौं । आजको प्रतिनिधि सभा बैठकमा एक जना पनि मन्त्री उपस्थित नभएपछि बैठक स्थगित भएको छ।

आज बिहान ११ बजे बोलाइएको प्रतिनिधि सभा बैठकमा गृह, अर्थ र शिक्षा मन्त्रीसंंग सांंसदहरुले प्रश्न उत्तर गर्ने कार्यतालिका रहेको थियो।

प्रतिनिधि सभा बैठक सुरु भए लगत्तै नेपाली कांग्रेसका सांंसद रामकृष्ण यादवले एक जना पनि मन्त्री किन उपस्थित नभएको भन्दै प्रश्न गरेका थिए।

यादवले प्रश्न गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

 

 

 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ११:४७
प्रतिक्रिया दिनुहोस्