विदेशबाट भन्सार छली गरेर ल्याएको सुन बेच्थे आलमले, पक्राउ परे रङ्गेहात सुनसहित

आइतबार, असार १६, २०८१
honor mob  winter sales

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अवैध रुपमा विदेशबाट भन्सार छली गरेर ल्याएको सुनको विक्रीवितरण गर्ने एक युवकलाई रङ्गेहात पक्राउ गरेको छ।

Honor x7 pad

अपराध अनुसन्धानको टोलीले वीरगन्ज घर भई काठमाडौंको तिलगंंगा क्षेत्रमा  विदेशबाट आउने नेपालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली गरेर ल्याएको सुनको ओसारपसार तथा विक्रीवितरण गर्ने २९ वर्षीय सम्साद आलमलाई पक्राउ गरेको जनाएको छ।

आलमले विदेशबाट अवैध रुपमा आएको सुनको ओसारपसार गर्ने विशेष सूचना पाएर गएको प्रहरीको टोलीले आलमको खानतलासी गर्दा उनको साथबाट ५४.७८० ग्राम सुनको बाला बरामद भएको हो। सुन बरामद भएपछि उनले बिलबिजकको प्रमाण दिन नसक्दा प्रहरीले नियन्त्रणमा लिएको हो।

सुनसहित शनिबार साँझ पक्राउ परेका आलमलाई थप आबश्यक अनुसन्धानका लागि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बुझाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

 

 

 

 

 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  २२:४४
प्रतिक्रिया दिनुहोस्