सुन प्रकरणको अनुसन्धान गर्न खटिए एसपी पंगेनी, को-को हुन् पक्राउ पर्नेहरु?

सोमबार, साउन ८, २०८०
honor mob  winter sales

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको १ क्विन्टल तस्करी प्रकरणको अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय नक्सालले मानव बेचविखन अनुसन्धान ब्युरोका एसपीलाई पठाएको छ।

Honor x7 pad

राजस्व अनुसन्धान बिभागले अनुसन्धान गर्न प्रहरीको सहयोग मागेपछि प्रहरी प्रधान कार्यालयले एसपी कृष्ण पंगेनीलाई पठाएको हो ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका १६ जनासँग अनुसन्धानका लागि प्रहरीको सहयोग मागेपछि एसपी पंगेनी खटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

अहिलेसम्म सुन प्रकरणमा को-को पक्राउ परे?

१- त्रिभुवन विमानस्थल भन्सार अधिकृत- सन्तोष चन्द

२- भन्सार जाँचकी कुमार ढकाल 

३- भन्सार एक्सरे अपरेटर सरोज श्रेष्ठ

४- अशोक लामा, ट्याक्सी चालक।( बा.२ च २३२४०)

५- भन्सार एजेन्ट-सुदर्शन गौतम

६- रुक्मनी सुब्बा

 ७- भारतीय नागरिक -थाप्तेन छिरिङ

 ८- भन्सार एजेन्ट -राजेन्द्र राई

९- रामकुमार भुजेल

 १०- चाइनिज नागरिक -जीक्वाङ लिन

११- यादव पराजुली, भन्सार एजेन्ट

१२- राजन श्रेष्ठ 

 १३- पुष्करराज भट्ट

१४- कृष्ण श्रेष्ठ 

 १५- हर्कराज राई

 १६-भन्सार एजेन्ट दिलिप भुजेल

 

 

 

 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १८:१३
प्रतिक्रिया दिनुहोस्