त्रिभुवन विमानस्थलबाट सुनसहित भारतीय महिला पक्राउ

आइतबार, असार १६, २०८१
Honor 600 pro

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले एक जना भारतीय महिलालाई अवैध सुनसहित पक्राउ गरेको छ। 

विमानस्थल प्रहरीले फलाई दुबईबाटो काठमाडौं अवतरण गरेकी ३२ वर्षीय भारतीय महिला बेथलेहमलाई आगमन टर्मिनलबाट बाला र २२० ग्राम सुनसहित पक्राउ गरेको जनाएको छ।

ती महिलाले भन्सार छलेर सुन ल्याएको खबर पाए लगत्तै उनलाई आगमन टर्मिनलबाट शनिबार पक्राउ गरेर त्रिभुवन विमानस्थल भन्सार कार्यालय बुझाएको हो।

अब उनीसँँग विमानस्थल भन्सार कार्यालय अनुसन्धान गरिरहेको विमानस्थल प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १८:०६
प्रतिक्रिया दिनुहोस्