राप्तीमा माछा मार्न गएका युवकको बाघको आक्रमणमा मृत्यु

सोमबार, साउन ८, २०८०
Honor 600 pro

चितवन । माछा मार्न गएका एक युवकको बाघको आक्रमणबाट मृत्यु भएको छ।

चितवनको भरतपुर-२८ कोटेनीका २६ वर्षीय आशबहादुर बोटे माछा मार्न राप्ती नदीमा गएका बेला आज दिउँसो बाघको आक्रमणबाट मृत्यु भएको हो।

बोटेलाई चितवन राष्ट्रिय निकुञ्जभित्रको राप्ती नदीमा माछा मार्ने क्रममा बाघले आक्रमण गरेर मारेको चितवन प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बाघको आक्रमण बोटेको घटनास्थलमै मृत्यु भएको हो।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १७:०६
प्रतिक्रिया दिनुहोस्