प्रेस युनियन बाँकेले लगायो पत्रकार महासंघको कार्यालयमा ताला

शनिबार, असार १५, २०८१
honor mob  winter sales

नेपालगन्ज । सक्रिय पत्रकारहरुको सदस्यतालाई हटाउँदै नेपाल पत्रकार महासंघले निर्वाचन प्रक्रिया अगाडि बढाएको भन्दै नेपाल प्रेस युनियन बाँके आन्दोलनमा उत्रिएको छ । नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको नेतृत्वमा आज नेपाल पत्रकार महासंघ बाँके शाखाको कार्यालयमा तालाबन्दी गरिएको छ । 

Honor x7 pad

बाँकेमा क्रियाशील पत्रकारहरुको सदस्यतालाई शुद्धिकरणको नाममा हटाइएको भन्दै महासंघको कार्यालयमा तालाबन्दी गर्नुपर्ने अवस्था आएको नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रिया स्मृति ढकालले बताए । सक्रिय पत्रकारहरुको सदस्यता कायम राख्दै गैरपत्रकाहरुलाई प्रदान गरिएको सदस्यता खारेज नभएसम्म आन्दोलन जारी राख्ने नेपाल प्रेस युनियन बाँके अध्यक्ष ढकालले बताए । उनले भने,‘पत्रकार महासंघको केन्द्रिय कार्यसमितिले गैरजिम्मेवारपूर्ण कार्य गरेको छ । महासंघको गरिमालाई घटाउने काम गरेको छ । व्यवसायिक रुपमा काम गरिरहेका पत्रकारहरुको सदस्यतालाई हटाउँदै विधान विपरीत गैरपत्रकारहरुलाई सदस्यता दिँदै नामावली प्रकाशन गरेको छ । यसलाई नसच्याएसम्म युनियन त्यसको विरुद्धमा आवाज उठाइरहन्छ ।’

नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश महासचिव नवीन गिरीले जिल्ला र प्रदेशले सिफारिस गरेको सक्रिय पत्रकारहरुलाई पाखा लगाउँदै कुनै संरचनाले नचिनेको, विधानमा उल्लेख नभएका राजनीतिक पार्टीका सदस्यलाई भर्ति गरेर सदस्यता नामावली तयार पारिएको बताए । उनले भने,‘सदस्यताको बारेमा टुङ्गो नलागेसम्म निर्वाचन प्रक्रिया अगाडि नबढाउन नेपाल प्रेस युनियनले आग्रह गर्दा समेत महासंघले नमानेपछि आन्दोलनमा उत्र्रन परेको हो । आजदेखि हामी आन्दोलनमा छौं । महासंघले आफ्नो गल्ती सुधार नगरेसम्म नेपाल प्रेस युनियन आन्दोलनबाट पछि हट्ने छैन ।’ 

सक्रिय पत्रकारलाई हटाउँदै महासंघले गैरपत्रकारहरुलाई सदस्यता वितरण गर्दै नामावली प्रकाशन गरेको भन्दै नेपाल प्रेस युनियनले काठमाडौंमा पत्रकार महासंघको कार्यालयमा तालाबन्दी गरिसकेको छ । आज विभिन्न जिल्ला र प्रदेश शाखामा पनि तालाबन्दी गर्दै आन्दोलनका कार्यक्रम सुरु भइरहेको महासचिव गिरीले बताए । आज तालाबन्दी लगाउने कार्यक्रममा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश सचिवालय सदस्य गौरव गिरी, नेपाल प्रेस युनियन बाँके उपाध्यक्ष कमल खत्री, निशा शाहसहित नेपाल प्रेस युनियन बाँकेका सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १३:४५
प्रतिक्रिया दिनुहोस्