एआरभी भ्याक्सिन नहुँदा लुम्बिनी प्रादेशिक अस्पतालमा विरामीले सास्ती ब्यहोर्दै

शनिबार, असार २३, २०८०
honor २२ sept

रुपन्देही ।  अति आवश्यक एआरभी भ्याक्सिन लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा  सकिएपछि बाहिरबाट किनेर लगाउन विरामीहरु बाध्य भएका छन्। झण्डै तिनहप्तादेखि भ्याक्सिन नहुँदा विरामीहरुले अस्पताल परिषरभित्र रहेको फार्मेसीबाट किनेर लगाउन बाध्य भएका हुन् ।

X7D

received_7986112118805721688793162.jpeg

लामोसमय भ्याक्सिनको उपलब्ध नहुँदा बाहिरबाट साढे ५ देखि ७ सय रुपैयाँसम्म किनेर लगाउन बाध्य भएको पाल्पाको नुवाकोटकी ज्योति गुरुङले वताईन् । सरकारी अस्पतालमा नि:शुल्क हुन्छ भनेर आएको तर यहाँ त बाहिरबाट भ्याक्सिन किनेर लगाउनुपर्ने रहेछ, मर्कामा परियो ४ पटक लगाउनु पर्छ रे सुद्धोधन गाउँपालिका-२ कि कला हमालले भनिन् ।

गोलपार्कका राज मगर पनि घरपालुवा कुकुरको बच्चाले टोकेर भ्याक्सिन लगाउन आएको भेटिए । उनले भने- "चार पटक लगाउनुपर्ने डाक्टर साबले भन्नुभएको छ ।" सरकारीमा नि:शुल्क भनेर आएको त किनेर लगाउनु पर्ने रहेछ बाहिर र सरकारीमा लगाउन केही फरक देखिएन । सरकारी अस्पतालबाट लगाएमा ३ पटक लगाए हुने तर बाहिर किनेर ल्याएको भ्याक्सिन ४ पटक लगाउनुपर्ने बताईएको छ। 

भ्याक्सिन नआउँदा विरामीहरुले डाक्टर र प्यारामेडिक्स स्टापहरु सँग सरकारीमा आएर पनि बाहिरबाट किनेर ल्याउनुस् भन्ने भनेर झर्किने र आफुहरु मर्कामा परेको गुनासो गर्ने गरेको अस्पतालका एआरभी शाखा प्रमुख तिलक गौतमले बताएका छन्। उनले भ्याक्सिनको तत्काल आपूर्ति गर्नका लागि गत जेठ २५ गते एक सूचना जारी गरी माग गरिएपनि हालसम्म अस्पतालमा एआरभी भ्याक्सिन नआउँदा सेवा विस्तारमा समस्या पर्नुको साथै विरामीले मुद्धा समेत हाल्छु भन्ने समेतका अभिव्यक्ति सहँदै अस्पतालमा आउने विरामीहरुलाई बाहिरबाट किनेर ल्याएको भ्याक्सिन लगाएर सेवा दिदै आएको बताए । 

नि:शुल्क हुँदा दैनिक १ सय जना विरामी आउने गरेकोमा तर अहिले बाहिरबाट किनेर लगाउनुपर्ने भएपछि विरामीहरुको संख्या ४० प्रतिशत घटेको जनाईएको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र लुम्बिनी प्रदेश बुटवल कार्यालयलाई सूचना गर्दा केन्द्रमा मौज्दात नरहेको जनाउँदै भ्याक्सिन स्वास्थ्य सेवा विभाग काठमाण्डौंमा माग गरिएपनि तर हालसम्म उक्त भ्याक्सिन प्राप्त नभएको र प्राप्त भएपछि उपलब्ध गराइने प्रतिक्रिया दिएको अस्पताल एआरभी शाखा प्रमुख गौतमले जनाएको छ ।

यता प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र लुम्बिनी प्रदेश बुटवल कार्यालयका भ्याक्सिन कोर्डिनेटर हरि आचार्यलाई सम्पर्क गरि भ्याक्सिनको बिषय निकाले लगत्तै आफु कार्यक्रममा रहेको र केही घण्टापछि सम्पर्क गर्न भनेर तर्किए ।

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १०:५०
प्रतिक्रिया दिनुहोस्