गण्डकीका सांसद फणीन्द्र देवकोटालाई संसद प्रवेशमा रोक

बिहीबार, असार १३, २०८१
honor mob  winter sales

पोखरा । सर्वोच्च अदालतको आदेश पश्चात् गण्डकी प्रदेश सभाका सांसद फणीन्द्र देवकोटालाई प्रदेशसभा प्रवेशमा रोक लगाइएको छ। आज प्रदेशसभा बैठकमा सहभागी हुन पुगेका उनलाई मर्यादापालकहरुले प्रदेश सभाभित्र प्रवेश गर्न नदिएका हुन्।

Honor x7 pad

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएपछि उनलाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको थियो। माओवादीले सांसदबाट हटाएपछि सर्वोच्च अदालतमा फणीन्द्रले रिट हालेका थिए।

उनको रिटउपर सर्वोच्चले सोमबार गण्डकी प्रदेशसभा सदस्यका रूपमा काम गर्न दिन अन्तरिम आदेश दिएको थियो। सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेश दिँदै सांसद पद खारेज नहुने आदेश दिएको थियो।

माओवादी चुनाव चिह्नबाट विजयी देवकोटाले आफू नेपाल समाजवादी पार्टीको सांसद भएको र आफूलाई ह्विप नलाग्ने भन्दै मुख्यमन्त्री पाण्डेको पक्षमा उभिएर बहुमत दिलाएका थिए। त्यसको भोलिपल्ट जेठ २९ गते देवकोटा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त भएका थिए।

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १५:१४
प्रतिक्रिया दिनुहोस्