धुलिखेल अस्पतालको बिरामी कुरुवा कोठामा एक पुरुष मृत भेटिए

बिहीबार, असार १३, २०८१
honor mob  winter sales

काभ्रे । काभ्रेको धुलिखेल अस्पतालमा बिरामी कुरुवा कोठामा एक जना व्यक्ति मृत भेटिएका छन् ।

Honor x7 pad

अस्पतालको इमर्जेन्सी वार्डको बिरामी कुरुवा कोठामा आज बिहान एक जना पुरुष मृत भेटिएको प्रहरीले जनाएको छ। अन्दाजी ६० वर्षीय मृतक पुरुषको पहिचान अझैसम्म नखुलेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले अस्पताल प्रशासनसँग पनि घटनाबारे थप अनुसन्धान सुरु गरेको पुरुषको पहिचानका लागि जानकारी लिने प्रयास गरिरहेको जनाएको छ।

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  ११:५७
प्रतिक्रिया दिनुहोस्