सवारी ज्यान मुद्दाका फरार प्रतिवादी १८ वर्षपछि पक्राउ

बिहीबार, असार १३, २०८१
Honor 600 pro

काठमाडौं । प्रहरीले सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई १८ वर्षपछि पक्राउ गरेको छ। 

प्रहरीले फरार रहेका ललितपुरस्थित महालक्ष्मी नगरपालिका-६ लुभुका ३९ वर्षीय लिलेन्द्र श्रेष्ठ 'श्याम' लाई ललितपुरबाट पक्राउ गरेको जनाएको छ।

२०६२ सालमा जिल्ला अदालत काठमाडौंले सवारी ज्यान मुद्दामा ११ महिना ५ दिन जेल सजाय फैसला सुनाएयता फरार रहँदै आएका श्यामलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।

पक्राउ परेका श्यामलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको अपराध अनुसन्धानका एसपी काजीकुमार आचार्यले बताए।

 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १०:२६
प्रतिक्रिया दिनुहोस्