लाइसेन्स बनाइदिने भन्दै ठगी गर्ने परियार ललितपुरबाट पक्राउ

सोमबार, साउन ८, २०८०
honor mob  winter sales

ललितपुर । आफुलाई यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी रहेको बताउँदै सवारीसाधनको  लाइसेन्स बनाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

Honor x7 pad

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले  महालक्ष्मी नगरपालिका–१३ ललितपुर बस्ने ३० वर्षीय राजु परियारलाई लुभुबाट  पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार परियारले पीडितहरुसँग लाइसेन्स बनाइदिने, प्रदूषण जाँचपास गराइदिने भन्दै सुन तथा गरगहना गरि ४ लाख ३० हजार रुपैयाँ  ठगी गरेको जाहेरीका आधारमा पक्राउ गरिएको जनाएको छ।

पक्राउ परेका यातायातका कर्मचारी बताउने परियारले पीडितबाट ठगी गरेको सुन बिक्री गर्ने कृष्ण ज्वेलर्स एन्ड सन्स्का सञ्चालकलाई पनि कालीमाटीबाट पक्राउ गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर जावलाखेल पठाइएको जनाएको छ।

 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १५:२५
प्रतिक्रिया दिनुहोस्