प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै

बिहीबार, असार १३, २०८१
honor mob  winter sales

काठमाडौं । संंघीय संंसद अन्तर्गत आज दुबै सदनको बैठक बस्दै छ। आज बिहान ११ बजे प्रतिनिधि सभा र दिउँसो सवा १ बजे राष्ट्रिय सभाको बैठक बस्दैछ।

Honor x7 pad

जसअनुसार प्रतिनिधि सभा बैठकमाअ सभामुखले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम मनोनयन गर्ने र बैठकमा संंयुक्त समितिअन्तर्गत संंसदीय सुनुवाइ समितिमा सदस्यको नाम हेरफेर गर्ने कार्यतालिका रहेको छ।

त्यसैगगरी राष्ट्रिय सभा बैठक अन्तर्गत सभाका अध्यक्षले प्रधानमन्त्री कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रको व्यहोरा जानकारी गराउने कार्यतालिका रहेको छ।

 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  ०८:१८
प्रतिक्रिया दिनुहोस्