बाँकेको शम्शेरगन्जबाट बुद्धको प्राचीन स्मारकसहित ३ जना पक्राउ

बुधबार, असार १२, २०८१
honor mob  winter sales

नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले प्राचीन स्मारकसहित तीन जनलाई पक्राउ गरेको छ।

Honor x7 pad

बाँके प्रहरीले मंगलबार दिउँसो  जिल्लाको राप्तीसोनारी गाउँपालिका-८ शम्शेरगन्जबाट रुपन्देहीको तिलोत्तमा नगरपालिका-११ का ५० वर्षीय खिमबहादुर कुँवर, सोही स्थानका ५० वर्षीय रामु न्यौपाने र घोराही उपमहानगरपालिका-१५ का ५८ वर्षीय निमबहादुर कुँवरलाई प्राचिन बुद्धको स्मारकसहित पक्राउ जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकाहरुबाट  ८ किलो ६८० ग्राम तौल पहेलो रङको धातुमा अधिकांश भागमा कालो रङको पालिस लगाएको जस्तो देखिने पहेलो रङको धातुको जस्तो प्राचीन बुद्धको स्मारकका साथै अन्य केही सामाग्री बरामद गरिएको हो।

पक्राउ परेका उनीहरुसँँग थप अनुसन्धान भइरहेको बाँके  प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  २०:०९
प्रतिक्रिया दिनुहोस्