अवैध २० लाख रुपैयाँसहित काठमाडौंबाट भारतीय नागरिक पक्राउ

बुधबार, असार १२, २०८१
honor mob  winter sales

काठमाडौं । काठमाडौंबाट अवैध (श्रोत नखुलेको) २० लाख ४० हजार  रुपैयाँसहित एक जन भारतीय नागरिक पक्राउ परेका छन् ।

Honor x7 pad

काठमाडौं प्रहरीले काठमाडौं महानगरपालिका वडा नम्बर १२ ब्रम्हटोलस्थित प्रतिक इन्टरप्राइजेजबाट भारतको बिहार मोतिहारी घर भई ब्रम्हटोल बस्ने ३८ वर्षीय निरन्जन कुमारलाई २० लाख रुपैयाँसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

गैरकानुनी रूपमा आर्थिक कारोबार गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा परिसरको टोलीले उनको अफिसको कोठाबाट २० लाख ४० हजार नगद बरामद गरेको हो।

उनीमाथि थप अनुसन्धान गर्नेक्रममा प्रहरीले क्रिप्टोकरेन्सी बाइनान्समा समेत लगानी गरेको खुलेको थियो। बाइनान्समार्फत ६ करोड २६ लाख ६९ हजार ९४७ रुपैयाँको कारोबार गरेको भेटिएको हो।

पक्राउ परेका उनीमाथि परिसरले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १६:३९
प्रतिक्रिया दिनुहोस्