बिभागलाई पुलिस रिपोर्टका काम अनलाइनमार्फत गर्न परराष्ट्रमन्त्रीको निर्देशन

सोमबार, साउन ८, २०८०
honor mob  winter sales

काठमाडौं । अबदेखि पुलिस रिपोर्टका सम्पूर्ण काम अनलाइनमार्फत गर्न परराष्ट्रमन्त्री एनपी साउदले कन्सुलर सेवा विभागलाई निर्देशन दिएका छन् ।

Honor x7 pad

आगामी १० दिनभित्रै पुलिस रिपोर्टका सबै   सम्पूर्ण काम अनलाइनमार्फत् गराउन परराष्ट्रमन्त्री साउदले विभागका महानिर्देशक प्रकाशमणि पौडेललाई निर्देशन दिएका छन् ।

अहिले पुलिस रिपोर्टका सम्पूर्ण कामहरु अनलाइनमार्फत् हुने व्यवस्था मिलाउन अन्य काम अनलाइनमार्फत हुने भए पनि कन्सुलर विभागको छाप र प्रमाणीकरण गर्ने अधिकारीको हस्ताक्षरसहितको पत्र बुझ्न सेवाग्राही स्वयम् अथवा इच्छाएको व्यक्ति उपस्थित हुनै पर्ने बाध्यता छ ।  

जसका कारण राहदानी विभागमा सेवाग्राहीको भिड लाग्ने गरेको छ । राहदानी विभागमा देखिदै आएको भिडभाड न्युन गर्न र सेवाग्राहीले पुलिस रिपोर्टको प्रमाणीकरणका लागि उपस्थित हुनुपर्ने बाध्यता हटाउन परराष्ट्रमन्त्री साउदले उक्त निर्देशन दिएका हुन्।

विदेशमा रहेका नेपालीहरूको हकहितको सुरक्षा, उद्धार, क्षतिपूर्तिको पहल, कन्सुलर प्रमाणीकरण, विदेशी नियोग तथा कूटनीतिक पदाधिकारीलाई प्रदान गरिने सुविधा तथा उन्मुक्ति, सरकारको मनोनयनमा विदेश भ्रमण गर्ने पदाधिकारीका लागि सम्बन्धित देशको प्रवेशाज्ञाका लागि सिफारिस गर्नेलगायतका काम विभागबाट हुँदै आएका छन् ।

अबदेखि पुलिस रिपोर्ट अनलाइमार्फत हुने भएपछि  सेवाग्राहीले आफू वा आफूले इच्छाएको व्यक्ति त्रिपुरेश्वर जानुपर्ने बाध्यता अन्त्य हुनेछ। अहिले सेवाग्राहीहरु अनलाइनमार्फत कार्य नहुदा दिनभर लाइनमा बस्न बाध्य छन् ।

 

 

 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १५:०२
प्रतिक्रिया दिनुहोस्