साउदीमै श्रमिक पठाउने म्यानपावर व्यावसायीलाई त्यहीको राजदुत सिफारिस गर्नु उचित हो?:सांसद यादव

मंगलबार, असार ११, २०८१
honor mob  winter sales

काठमाडौं । सरकारले म्यानपावर व्यावसायीलाई नै राजदुत नियुक्तिका लागि सिफारिस गरेको प्रति नेपाली कांग्रेसका सांंसद रामकृष्ण यादवले सरकारलाई प्रश्न गरेका छन् ।

Honor x7 pad

सरकारले म्यानपावर व्यावसायी अबुसुफ्यान खान मुसलमानलाई साउदी अरेबियाको राजदूतका लागि सिफारिस गरेको प्रति आपत्ति जनाउँदै सरकारसँँग आजको संंसद बैठकमा प्रश्न गरेका हुन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले सरकारले स्वार्थ बाझिने गरी म्यानपावर व्यावसायी अबुसुफ्यान खानलाई साउदी अरबको राजदूतमा सिफारिस गरेको बताएका हुन् ।

आजको संंसद बैठकमा शुन्य समय लिएर बोल्दै कांग्रेस सांंसद यादवले गत शुक्रबार सरकारले खान आफै म्यानपावर व्यावसायीलाई साउदी अरेबियाको राजदुतका लागि सिफारिस गर्दा स्वार्थ बाझिने देखिएको बताए।

हिजो अर्थात जेठ महिनासम्म साउदी अरेबियामा नेपाली श्रमिक पठाउने इसान ओभरसिजका मालिकलाई नै साउदीको राजदुत बनाउन कत्तिको उचित हो? सरकारले त्यो कुरा बुझ्न जरुरी रहेको यादवले भने। खानले जुन देशमा श्रमिकले पठाए सरकारले त्यही देशको राजदुत बनाएर पठाउन कत्तिको ठिक भनेर सरकारलाई प्रश्न गरेका हुन्।

 

 

 

 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १२:३४
प्रतिक्रिया दिनुहोस्