१९ राउन्ड गोलीसहित वीरगञ्जबाट २२ वर्षीय भारतीय युवक पक्राउ

सोमबार, साउन ८, २०८०
honor mob  winter sales

पर्सा। पर्सा प्रहरीले वीरगञ्जबाट १९ राउन्ड गोलीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

Honor x7 pad

प्रहरीले भारत बिहार पश्चिम चम्पारण लगुन्नाहका २२ वर्षीय मुरारी कुमारलाई वीरगञ्ज-८ भानुचोकबाट शटगनमा प्रयोग हुने १९ राउण्ड गोलीसहित पक्राउ परेको जनाएको छ।

चेकजाँचका क्रममा मुरारीले आफुले बोकेको झोला फालेर भागेपछि  प्रहरीले  झोला तलासी गर्दा १९ राउन्ड गोली फेला परेको पर्सा प्रहरीले जानकारी दिएको छ।

झोला फालेर फरार भएका मुरारीलाई खोजतलास गर्ने क्रममा तत्कालै जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय बिर्ता र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त टोलीले महानगरपालिकास्थित प्रभु अस्पताल नजिकै भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो। 

प्रहरीले मुरारीलाई हिरासतमा लिएर गोली कहाँबाट र के प्रयोजनका लागि ल्याइएको भन्ने बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ।  

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १४:२४
प्रतिक्रिया दिनुहोस्