बाँकेको डुडुवाका आगलागी पीडितलाई यथाशीघ्र राहत दिन सांसद काफ्लेको माग

सोमबार, असार १०, २०८१
honor mob  winter sales

दाङ । जनता समाजवादी पार्टी नेपालकी लुम्बिनी प्रदेश सांसद अम्बिका काफ्लेले बाँकेको डुडुवा गाउँपालिकास्थित पाजाँका आगलागी पीडितहरुलाई यथाशीघ्र राहत व्यवस्थापन गर्न लुम्बिनी सरकारसँग माग गरेकी छिन् ।

Honor x7 pad

आजको लुम्बिनी प्रदेश सभा बैठकमा बोल्दै सांसद काफ्लेले डुडुवा-१ छिटैयापुर्वाको पाजाँमा असार ५ गते आएको हावाहुरीसँँगै लागेको आगलागीबाट पीडित बनेका ३४ घर परिवारलाई लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयमार्फत राहत व्यवस्थापन गर्न   प्रदेश सभामा जानकारी गराएकी  हुन्।

लुम्बिनी प्रदेश सांसद अम्बिका काफ्ले 

सांसद काफ्लेले आगलागी भएको स्थानमा हालसम्म विद्युत सेवा नपुगेकोले यथाशीघ्र विद्युत लाइन जडान गर्न र ३४ घर का आगलागी पीडितहरुलाई तत्काल प्रदेश सरकारबाट उचित राहत प्रदान गर्न प्रदेश सभा बैठकमा माग गरेकी छिन् ।

त्यसैगरी बाँकेको विकट मानिने नरैनापुर गाउँपालिका वडा नम्बर ३ को रतैया र जनतापुरमा बाटोको समस्या रहेकोले हालसम्म भौतिक पूूर्वाधार मन्त्रीको ध्यान नपुगेको भन्दै प्रदेश सरकारले यहीँ आर्थिक वर्षकै बजेटमा त्यहाँ बाटो बनाउन बजेट विनियोजन गर्नुपर्ने काफ्लेको  माग छ।

'लुम्बिनी अवलोकनका लागि आउने भारतीय पर्यटकहरुलाई भन्सार पर्मिट र रोड पर्मिटका नाममा अनावश्यक दुख नदिन काफ्लेले माग गर्दै बाँकेको राप्ती नदीको तटबन्धका लागि पर्याप्त बजेट छुट्टयाउन पर्छ।' सांसद काफ्लेले माग गरेकी हुन् ।

 

 

 

 

 

 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १७:५२
प्रतिक्रिया दिनुहोस्