२ दिने एआईजी बन्दै डीआईजी पोखरेल

सोमबार, असार १०, २०८१
honor mob  winter sales

काठमाडौं ।  सरकारले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई दुई दिन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बनाउन लागेको छ।

Honor x7 pad

प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा दरबन्दी रही हाल उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्रमुखको रुपमा कार्यरत डीआईजी पोखरेललाई असार १८ गते ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश जान लागेका एआईजी उमेशराज जोशीको स्थानमा एआईजी बनाउन लागिएको हो।

हुन त पोखरेल पनि यही असार २० गते रातिदेखि ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश जाँदैछन् । डीआईजी पोखरेल असार १८ गते एआईजी बनेपछि २० असारसम्म दुई दिने एआईजी बनेर अवकाश जानेछन् ।

आज बिहान बसेको गृह मन्त्रालयको बढुवा समितिको बैठकले पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरिसकेको छ।

 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  ११:५३
प्रतिक्रिया दिनुहोस्