भ्रष्टाचार मुद्दा लागेका मुख्यसचिव अर्यालको योजना आयोगमा सरुवा, निमित्त मुख्यसचिवमा लिलादेवी

सोमबार, असार १०, २०८१
honor mob  winter sales

काठमाडौं । भ्रष्टाचार मुद्दा लागेपछि स्वत: निलम्बनमा परेका सरकारका मुख्यसचिव डा.वैकुण्ठ अर्याललाई मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ।

Honor x7 pad

भ्रष्टाचार मुद्दा दायर हुँदा पनि अर्यालले राजीनामा नदिएपछि आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले विशेष पद सिर्जना गरेर योजना आयोगमा सरुवा गरेको हो।

त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी वरिष्ठ सचिव लिलादेवी गड्ततौलालाई सरकारले निमित्त मुख्यसचिवको  जिम्मेवारी दिएको छ।

 

 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  ११:१८
प्रतिक्रिया दिनुहोस्