मुख्यसचिव अर्याल स्वत: निलम्बित, को हुँदैछ निमित्त मुख्यसचिव ?

आइतबार, असार ९, २०८१
honor mob  winter sales

काठमाडौं ।  भ्रष्टाचार मुद्दा दायर भएपछि सरकारका मुख्यसचिव डा.वैकुण्ठ अर्याल स्वत: निलम्बनमा परेका छन् ।

Honor x7 pad

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रको अन्त:शुल्कको स्टिकर खरिदमा अरबौंं रुपैयाँको क्षति हुने निर्णय गरेको भन्दै आज अर्यालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ बमोजिम मुख्यसचिव अर्याल स्वत: निलम्बनमा परेका हुन् ।

विसंं. २०८०  जेठ ३२ गते मुख्य सचिवमा नियुक्त भएका अर्याल स्वत: निलम्बन परेपछि अब उनको स्थानमा प्रधानमन्त्री तथा  मन्त्रिपरिषद्  कार्यालयकी वरिष्ठ सचिव लीलादेवी गडतौला निमित्त मुख्यसचिव बन्ने भएकी छिन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवद्वय कृष्णहरि पुष्कर र नारायण दवाडी भन्दा गडतौला सिनियर रहेका कारण उनी निमित्त मुख्यसचिवको जिम्मेवारी सम्हाल्न लागेकी हुन् ।

 

 

 

 

 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १७:४५
प्रतिक्रिया दिनुहोस्