सुशील प्याकुरेलले गरे राजदुत बन्न अस्वीकार

आइतबार, असार ९, २०८१
honor mob  winter sales

काठमाडौं । दक्षिण कोरियाका लागि नेपाली राजदुतमा सिफारिस भएका सुशील प्याकुरेलले राजदुत बन्न अस्विकार गरेका छन्।

Honor x7 pad

आज प्याकुरेलले राजदुतका लागि सिफारिस भएको आफ्नो नाम फिर्ता लिन आग्रह गर्दै प्रधानमन्त्री कार्यालयमा निवेदन दिएका छन् ।

निवेदन दर्ता गराउदै मानव अधिकारकर्मी प्याकुरेलले राजदुतमा नाम सिफारिस गर्नुअघि परराष्ट्र मन्त्रालय र मन्त्रिपरिषद्  सचिवालयबाट कुनै सम्पर्क नगरेको भन्दै असन्तुष्टि जनाएर सिफारिस फिर्ताको जानकारी गराएको विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

देशको प्रतिनिधित्व गर्ने उच्च पदको जिम्मेवारी दिनुअघी सम्बन्धित व्यक्तिको बारेमा जान्न, काम गर्ने शैली, कुटनीतिको विषय लगायतका विषयमा पूूर्व परामर्श नगर्ने सरकारको कार्यप्रति आफू आश्चर्यमा परेको उनले विज्ञप्तिमार्फत  व्यक्त गरेका छन् ।

प्याकुरेलसहित ८ जनालाई शुक्रबार मन्त्रिपरिषद् बैठकले राजदुतका लागि सिफारिस गरेको थियो। उनी नेकपा एमालेको कोटाबाट सिफारिस भएका थिए।

 

 

 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १६:२२
प्रतिक्रिया दिनुहोस्