गगन थापाले प्रधानमन्त्रीलाई भने-मन्त्री फेर्न नसके सिंहदरबार र बालुवाटारबाट डेरा सर्ने

आइतबार, असार ९, २०८१
honor mob  winter sales

काठमाडौं । नेपाली कांग्रेसका सांंसद एवंं महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्थानीय तहलाई दिइने सम्मानीकरण अनुदान कटौती नगर्नुपर्ने बताएका छन् ।

Honor x7 pad

महामन्त्री थापाले भने-" सम्मानीकरण अनुदानमा स्थानीय तहको संबैधानिक हक र संंघीय सरकारको संबैधानिक दायित्व रहेको छ।" आजको संंसद बैठकमा बोल्दै स्थानीय तहलाई दिने सम्मानिकरण अनुदान संंघीय सरकारले बकस दिए जस्तो गरेको छ, यो पटक यस्तै भएको उनले बताए।

श्रोत  छैन भनेर सात प्रतिशत सम्मानिकरण अनुदान कम गरेर दिने भन्ने कुरा आएको छ,’ सांंसद थापाले भने, ‘वडाको क्षेत्राधिकारमा बजेट हाल्न नलजाउने अनि स्रोत छैन भनेर कटौती गर्नेरु यो अस्वीकार्य छ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्थानीय सरकार प्रमुखहरूले सम्मानिकरण अनुदान १०० प्रतिशत नै चाहिन्छ भनेर भनेको विषय पनि उनले सुनाए। 

तर प्रधानमन्त्रीले भन्नुभएछ, मेरो त मन छ तर मन्त्रीले मानेनन्,’ प्रधानमन्त्री दाहाललाई लक्षित गर्दै थापाले भने, ‘यो संसदीय व्यवस्था हो, नटर्ने मन्त्री फेर्ने, फेर्न नसके सिंहदरबार र बालुवाटारबाट डेरा सर्ने।' महामन्त्री थापाले भने।

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १३:४४
प्रतिक्रिया दिनुहोस्