अख्तियारले मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्दै

आइतबार, असार ९, २०८१
honor mob  winter sales

काठमाडौं । सरकारका मुख्यसचिव डा.वैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रकरण र सुरक्षण मुद्रण केन्द्रबाट अन्तःशुल्कको स्टिकर खरिद गर्ने निर्णयमा उनको संलग्नता पुष्टि भएपछी अख्तियारले मुद्दा  दायर गर्ने भएको हो।

Honor x7 pad

अख्तियारले मुख्यसचिव अर्यालको निर्णयले मुलुकको राज्यकोषमा हानि नोक्सानी पुगेको निचोडसहित अर्यालसहित अन्य सार्वजनिक पद धारण गरेका व्यक्तिहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्ने निर्णय गरेको हो ।

‘उहाँलगायत केही सार्वजनिक व्यक्तिहरूमाथि भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय भएको हो,’ अख्तियार स्रोतले भन्यो, ‘तर उच्चपदस्थ अधिकारीहरू जोडिएको र संवेदनशील विषय भएकाले अरू सबै विवरण हामीले गोप्य राखेका छौं ।’

‘ती दुई फाइलको अनुसन्धान करिब–करिब टुंगिएको थियो,’ अख्तियार स्रोतले भन्यो, ‘त्यसैले मुद्दा दायर गर्ने निर्णय भएको हो । विशेष अदालतमा आरोप पत्र दायर हुनासाथ अरू थाहा हुन्छ ।’ अख्तियारले विशेष अदालतमा कहिले मुद्दा दायर गर्ने बारेमा अझै केहि खुलाइएको छैन ।

 

 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १२:५७
प्रतिक्रिया दिनुहोस्