जसपा नेपालले फिर्ता लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता, प्रतिपक्षमा बस्ने निर्णय

आइतबार, असार ९, २०८१
honor mob  winter sales

लुम्बिनी ।जनता समाजवादी पार्टी नेपालले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। लुम्बिनी प्रदेश संंसदीय दलकी प्रमुख सचेतक अम्बिका काफ्लेले आज एक विज्ञप्ति जरी गर्दै आजदेखि नै सरकारलाई दिएको समर्थन फिर्ता लिदै पार्टी  प्रतिपक्षी दलमा बस्ने निर्णय गरेको जानकारी गराएकी हुन् ।

Honor x7 pad

यसअघि गत जेठ ५ गते बसेको पार्टीको लुम्बिनी प्रदेश समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सोही अनुसार संविधानको धारा १८८ को उपधारा २ बमोजिम जनता समाजवादी पार्टी, नेपाल लुम्बिनी प्रदेश सभा संसदीय दललाई समेत सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन पार्टीले दिइसकेको विज्ञप्तिमा उल्लेख छ ।

हाल लुम्बिनी प्रदेश सभामा जसपा नेपालका ३ जना सांंसद छन् । जसमा भण्डारीलाल अहिर र आदेशकुमार अग्रवाल अशोक राईको जसपामा लागिसकेका छन् । उनीहरु दुबै बाँकेका हुन् । अहिर हाल सरकारको कृषि तथा भूूमि व्यवस्था मन्त्री छन् ।

लुम्बिनी सरकारलाई जसपा नेपालले दिएको समर्थन फिर्ता लिएपनी माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जोखबहादुर महरा नेतृत्वको लुम्बिनी सरकारलाई फरक भने पर्दैन। उनलाई नेकपा एमालेका २९, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका ४ , जसपाका २ र नेकपा एकीकृत समाजवादीका १ सांंसद गरि ४७ जनाको समर्थन रहेको छ।  ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांंसद आबश्यक हुने हुँदा महरालाई ४७ जनाको समर्थन रहेको छ।

 

 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  ११:३०
प्रतिक्रिया दिनुहोस्