दाङको गढवाबाट करिव साढे ७ फिट लामो चितुवाको छाला बरामद

सोमबार, साउन ८, २०८०
honor mob  winter sales

दाङ । बेवारीसे अवस्थामा दाङमा चितुवाको छाला फेला परेको छ।

Honor x7 pad

गस्तीमा रहेको प्रहरी टोलीले गढवा- ५ जमुनिवासको जंगलमा बेवारीसे अवस्थामा चितुवाको छाला बरामद गरेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।

प्रहरीका अनुसार हरियो रंगको प्लास्टिकको झोलामा बेवारीसे अवस्थामा रहेको पुच्छरदेखि टाउको सम्म ७ फिट ४ इन्च लामो चितुवाको छाला भेटिएको हो। प्रहरीका अनुसार छाला साउन ५ गते फेला परेको हो।

प्रहरीले छाला तस्करहरुको पहिचान हुन नसकेको बताएपनि छालालाई भारततर्फ निकासी गर्नका त्यहाँ राखिएको हुन सक्ने अनुमान गरेको छ। प्रहरीले तस्करहरुको खोजतलास अभियान जारी राखेको जनाएको छ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १३:१२
प्रतिक्रिया दिनुहोस्