मलाई प्रधानमन्त्रीबाट हटाउन त्यति सजिलो छैन: प्रचण्ड

शनिबार, असार ८, २०८१
honor mob  winter sales

काठमाडौं । आफूूलाई प्रधानमन्त्री पदबाट हटाउन त्यति सजिलो नभएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले सरकारको नेतृत्व लिएदेखि नै हटाउन खोजे पनि आफ्नो जादुमय गतिविधिले त्यो सम्भव हुन नदिएको दाबी समेत गरे । त्यस्तै परे पुरै अवधि नै प्रधानमन्त्री बन्ने उनले बताए।

Honor x7 pad

उनले भने,"ढुक्क भएर काम गरे हुन्छ । सजिलो छैन हामीलाई हटाउन सजिलो छैन । इतिहासका कारणले, मुद्दाका कारणले, आन्दोलनको कारणले र हाम्रो जादु नम्बरको कारणले पनि । जादु नम्बर छ हाम्रो । थोरै छ भनेर चिन्ता गर्नुपर्ने छैन । जादुवाला नम्बर छ । त्यो जादुले अनेक गरेर मिलाई हाल्छ । त्यसकारण त्यहाँ चिन्ता लिनुपर्ने छैन । तैपनि हामीले राजनीतिक दलसँग जे समझदारी गरेका छौं । त्यो समझदारीप्रति हामीले जहिले पनि इमानदारिता अपनाएका छौं ’

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले इतिहास, मुद्दा, आन्दोलन र जादुमय गतिविधिका कारण आफूले पूरै कार्यकाल सरकार चलाउने परिस्थिति देखेको उल्लेख गर्दै हट्छ कि भन्ने चिन्ता नलिन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे । सरकारमा रहँदासम्म भ्रष्टाचार,सामाजिक न्याय र समृद्धिको निम्ति आफूले काम गर्ने प्रचण्डको भनाई थियो । उनले सरकारमा रहँदासम्म सत्तारुढ दलहरुबीच भएको समझदारीलाई इमानदारितापूर्वक कार्यान्वयनमा लैजाने प्रतिबद्धता पनि दोहोर्‍याए ।

उनले भने, ‘अब फुर्सद कसैलाई पनि नदिने विचार छ है मेरो । मलाई अब धेरै समय छ जस्तो पनि लाग्दैन । त्यसकारण अव यो अन्तिम समयसम्म साथीहरू, नेताहरू कार्यकर्ताहरू कसैलाई पनि फुर्सद नदिने आत्मनिर्भर अर्थतन्त्रका निम्ति, उत्पादनको निम्ति, रोजगारीको निम्ति, जातीय मुक्तिको निम्ति यी सबै विषयका विभिन्न कहिले सांस्कृतिक अभियान, कहिले उत्पादनको अभियान, कहिले प्रचारको अभियान आदि इत्यादि गर्दै हामी अभियानात्मक रूपमा जाने सोचेका छौं । अन्तिममा हामीले यो बाहिर भनेजस्तो सरकार कति दिन होला ? चल्छ कि चल्दैन  विभिन्न कुराहरू आउँछ । अर्कोले कुरा गर्दैछ रे–केही दिन पछि सरकार जाँदै छ रे भन्ने र तपाई हाम्रो दिमागमा कन्फ्युजन क्रियट गर्ने पूरै कोसिस भएको छ ।'

 

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  २१:२२
प्रतिक्रिया दिनुहोस्