८ देशका राजदुत नियुक्तिका सिफारिस, भारतका लागि रेग्मी

शुक्रबार, असार ७, २०८१
honor mob  winter sales

काठमाडौं । सरकारले विभिन्न ८ देशका लागि राजदुत नियुक्तिका लागि सिफारिस गरेको छ। आज बसेको मन्त्रिपरिषद्  बैठकले सत्ता गठबन्धनको भागबन्डा अनुसार राजदुत नियुक्तिका लागि नाम सिफारिस गरेको हो।

Honor x7 pad

मन्त्रिपरिषद्  बैठकले नेकपा एमालेको भागमा परेका पूूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई भारतको राजदुतमा सिफारिस गरेको छ। त्यसैगरि एमालेकै भागमा परेका चन्द्र घिमिरेलाई अमेरिका, सिशील प्याकुरेललाई दक्षिण कोरिया, सुम्निमा तुलाधरलाई डेनमार्कको राजदुतमा सिफारिस भएका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रको कोटाबाट डा.विजय पन्त बेलायतको राजदुतमा सिफारिस भएका छन्  भने पुष्पराज रन्जितकारलाई स्पेन, नेत्रप्रसाद तिमल्सिना मलेसिया र अबुसुफ्यान खान मुसलमान साउदी अरेबियाको राजदुतमा सिफारिस भएका हुन् ।

आज राजदुतमा सिफारिस भएकाहरुमध्ये ५ जना एमाले, १ जना माओवादी र २ जना जसपाका हुन।

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  २१:१४
प्रतिक्रिया दिनुहोस्