११ देशका राजदुत नियुक्ति गर्ने तयारीमा सरकार, भागबन्डामा एमालेलाई ८ राजदुत

शुक्रबार, असार ७, २०८१
honor mob  winter sales

काठमाडौं । सरकारले रिक्त रहेका ११ देशका राजदुत नियुक्तिका आज सिफारिस गर्दैछ। आज दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकले राजदुत नियुक्त गर्न लागेको हो।

Honor x7 pad

रिक्त रहेका ११ देशमा सबैभन्दा बढी नेकपा एमालेले ८ राजदुत पाउने गरि सत्ता गठबन्धनले सहमति गरेको छ। त्यसै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २ र नेकपा माओवादी केन्द्रले एक राजदुत पाउने भएको छ।

अघिल्लो नेपाली कांग्रेससहितको गठबन्धनमा नियुक्त भएका ११ देशका राजदुतलाई फिर्ता बोलाएपछि रिक्त राजदुतमा एमालेबाट युवराज खतिवडालाई अमेरिकाको राजदुत बनाउने प्रवल सम्भावना रहेको बताइएको छ।

आज नियुक्ति हुने राजदुतहरुमा एमालेबाट खतिवडासहित लोकदर्शन रेग्मी, नारायण संग्रौला, दावाफुटी शेर्पा, उदयराज पाण्डे, शर्मिला पराजुली, निर्मल विश्वकर्मालगायतलाई एमालेले राजदुत बनाउने तयारी गरिएको बताइएको छ।

रास्वपा र माओवादीबाट कसलाई राजदुत बनाउने भन्ने बारेमा केही बराइएको छैन ।

हाल अमेरिका,भारत, बेलायत, इजरायल, साउदी अरेबिया,दक्षिण कोरिया,स्पेन, मलेसिया, डेनमार्क,पोर्चुगल र कतारमा राजदुतको स्थान रिक्त रहेको छ।

 

 

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  ०९:३३
प्रतिक्रिया दिनुहोस्