दंगीशरणमा सिकसेलको पहिचानका लागि रक्त नमुना संकलन शुरु

शुक्रबार, असार ७, २०८१
honor mob  winter sales

दाङ ।दाङको दंगीशरण गाउँपालिकामा स्वास्थ्य शाखाको आयोजनामा सिकलसेल एनेमियाको रक्त नमुना संकलन तथा अभिमुखिकरण कार्यक्रम गरिएको। 

Honor x7 pad

विहीवारदेखि सुरु भएको दुई दिने सिकलसेल एनिमिया रक्त नमुना संकलन तथा अभिमुखिकरणलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले दंगीशरण गाउँपालिका थारु जातीको बाहुल्यता भएकाले पनि आफुहरुले हरेक बर्ष सिकलसेल परीक्षणका लागी बजेट बिनियोजन गर्ने गरेको बताए ।

यसभन्दा पहिले पनि एक हजार बढि रगतको नमुना संकलन गरीएको र धेरैमा पोजेटिभ देखिएकाले पनि दंगीशरणलाइ सिकलसेल मुक्त गाउँपालिकाको अभियानमा आफुहरु लागेको बताए ।विशेषगरी थारुजातीमा यो रोग लाग्ने हुँदा  थारु समुदायका ब्यक्तीहरुले विशेष ख्याल गर्न आग्रह गरेका थिए । 

सिकलसेल एनेमियाको रोगको औषधि निशुल्क पाइने ब्यबस्था हुँदाहुँदै पनि कतिपय नागरिकले प्राइभेट अस्पतालमा महङ्गो पैसा तिरेर उपाचार गराएको देखेकाले यसवारे सवैजना जानकार रहन आबश्यक रहेको बताए ।विवाह गर्दापनि सिकलसेल एनेमियाको अनिवार्य चेकजाच गराई यो रोग सर्नबाट रोकथाम गर्न सवैले आ आफ्नो ठाउँबाट सहयोग पुर्याउनु पर्ने अध्यक्ष गिरीको भनाइ थियो ।

प्राथमिक स्वास्थ्यकेन्द्र बागरका डा. बिशाल कोइरालाले सिकलसेल एनेमिया बंशानुगत रोग भएकाले एसको रोकथामका लागि संक्रमण भएका महिला पुरुषबाट सन्तान जन्माउन नहुने बताए ।राता रक्तकोषको कमि भइ शरीरमा रगतको कमि हुने र सास फेर्न गाह्रो हुने जस्ता यसका लक्षणहरु देखापर्ने डा: कोइरालाले बताए।

विहिवार पहिलोदिन १० देखि २२ बर्षसम्म उमेर समुहका थारु समुदायका  ११६ जना ब्यक्तीहरु शिविरमा सहभागी भएको  स्वास्थ्य शाखाले जनाएको छ ।रक्त नमुना संकलन गरिएका ब्यक्तिको रिपोर्ट केहि समयपछि उपलब्ध गराइने बताइएको छ ।राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र स्वास्थ्य संस्था हेकलीको ल्याव टिमले रक्त नमुना संकलन गरेको हो ।

थारुजातीको बाहुल्यता भएको गाउँपालिका त्यसमा पनि बिगतका बर्षमा सिकलसेल एनेमियाका बिरामी पहिचान भएको हुँदा  रोगको थप पहिचान तथा रोकथामका लागी प्राथमिकताका साथ बजेटनै बिनियोजन गरेर  शिविर आयोजना गरीएको स्वास्थ्य शाखा दंगीशरणका प्रमुख प्रदिप योगिले जानकारी दिए ।स्वास्थ्य शाखा दंगीशरणका प्रमुख प्रदिप योगिको स्वागत मन्त्ब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रेश सल्लाहकार प्रमोद आचार्यले गरेका थिए ।

 

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  ०९:०७
प्रतिक्रिया दिनुहोस्