आज प्रधानमन्त्रीले जवाफ दिँदै

बिहीबार, असार ६, २०८१
honor mob  winter sales

काठमाडौं । आज संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ दिँदै छन् । प्रतिनिधिसभाको आजको बैठकका प्रधानमन्त्रीले सांसदका जिज्ञासाको जवाफ दिने भएका हुन् ।

Honor x7 pad

प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ । 

नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपतिको भ्रमणलाई लिएर प्रधानमन्त्रीले सदनमा जानकारी गराउनुपर्ने माग गरेको थियो ।  

आजको बैठकमा नै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची छन् ।

विनियोजन विधेयकमा छलफलका क्रममा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले बुधबारदेखि दिन थालेका हुन् । 

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १०:२६
प्रतिक्रिया दिनुहोस्