सामाखुसीको बाढीमा बेपत्ता भएका साजन अझै फेला परेनन्, चौतर्फी खोजी गर्दै सुरक्षा फौज

सोमबार, साउन ८, २०८०
honor mob  winter sales

काठमाडौं । आइतबार अपराह्न काठमाडौंको सामाखुसीस्थित नालामा आएको बाढीमा खसेर बेपत्ता भएका एक बालक अझै फेला परेका छैनन् ।

Honor x7 pad

आइतबार अपराह्न सामाखुसीका कक्षा ६ मा पढ्ने १३ वर्षीय बालक साजन मगर घरबाट फुटबल खेल्न भनेर साजन र अर्का एक जना बालक निस्किएर नालामाथिबाट हिड्ने क्रममा नालामा खसेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

नालामा आएको बाढीबाट बेपत्ता भएका साजनलाई सामाखुसीस्थित प्रहरीको विपद व्यवस्थापन गणबाट विभिन्न खोलाम खोजतलास गरिरहेको प्रहरीले जानाएको छ।

त्यस्तै सशस्त्र प्रहरीको निलबाराही गणबाट डीएसपी, विपद् उद्दार उपत्यका गणबाट  इन्स्पेक्टर र बाघभैर गुल्मबाट अर्का एक इन्स्पेक्टरको नेतृत्वमा बेपत्ता भएका बालक साजनको चोभारसम्म खोजीकार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बेपत्ता भएका बालक साजन अहिलेसम्म भेटिएका छैनन् । उनको चौतर्फी खोजीकार्य जारी रहेको बताइएको छ।

 

 

 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  ११:४८
प्रतिक्रिया दिनुहोस्