महिला प्रहरी जवान करिश्मा सुनारको मृत्यु घटनामा एक जना युवक पक्राउ

बुधबार, असार ५, २०८१
Honor 600 pro

सिराहा। महिला प्रहरी जवान करिश्मा सुनारको मृत्युु प्रकरणमा सिराहा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ।

बाँकेको खजुरा गाउँपालिका-४ घर भएर सिराहामा कार्यरत २५ वर्षीया महिला प्रहरी जवान सुनार  जेठ ३१ गते जिल्ला प्रहरी सिराहाको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको शौचालयमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

शौचालयमा झुन्डिएको अवस्थामा फेला परेकी सुनारले आत्महत्या गरेको खुलेपनी सो घटनामा अनुसन्धान गर्दै जादा प्रहरीले आत्महत्या दुरुत्साहनको आरोपमा दैलेख स्थायी ठेगाना भएर हाल बाँकेको बैजनाथ गाउँपालिका-२ का २७ वर्षीय पुष्कर थापा मगरलाई पक्राउ गरेको हो। 

सिराहा प्रहरीले पुस्करलाई आत्महत्या दुरुत्सानको मुद्दामा अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

 

 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  ०८:५७
प्रतिक्रिया दिनुहोस्