कांग्रेस नेता घिमिरे र आचार्यको प्रशंसनिय कार्य, जसले गरे २ जनालाई १२ सम्म पढाउने घोषणा

शनिबार, असार १, २०८१
honor mob  winter sales

दाङ । नेपाली कांग्रेस दाङका महासमिति सदस्य र तरुण दलका केन्द्रीय सदस्यले दाङस्थित आफ्नै पार्टीका स्व. वडा सदस्यका सन्तानलाई उच्च शिक्षाको सम्पूर्ण खर्च दिने वचन गर्दै सहयोग रकम हस्तान्तरण गरेका छन् ।

Honor x7 pad

कांग्रेस नेता एवंं महासमिति सदस्य किरण किशोर घिमिरे र नेपाल तरुण दलका केन्द्रीय सदस्य पवन आचार्यले  नेपाली कांग्रेस बङ्गलाचुली गाउँपालिका वडा नम्बर ४ का सदस्य स्व. खेतुलाल नेपालीका सन्तानहरुलाई कक्षा १२ सम्मको उच्च शिक्षाका लागि रकम हस्तान्तरण गरेका हुन् ।

नेता घिमिरेले  स्व. खेतुलालको सम्झनामा आयोजित श्रद्धाञ्जली सभासहितको शुद्धशान्ति कार्याक्रममा उनका परिवारका एक सन्तानलाई कक्षा १२ सम्म पढाईदिने वाचा अनुसार वि.संं.२०८१ सम्म लाग्ने पढाई खर्च बापतको रकम परिवारलाई हस्तान्तरण गरेका हुन्।

त्यसैगरी श्रद्धाञ्जली सभामा सहभागी हुन पुगेका मनकारी एवंं सहयोगी मनका धनी तरुण द्लका केन्द्रीय आचार्यले स्व. खेतुलालकी रुदै गरेकी छोरीको पिडा देख्न नसकी उनलाई पनि कक्षा १२ सम्मको सम्पुर्ण पढाई खर्चको जिम्मा लिदै सहयोग गर्ने बचन दिएका आचार्यले यस सालभरको सम्पुर्ण पढाई खर्च परिवारलाई दिएका छन् ।

साथै नेपाली कांग्रेस बङ्गलाचुली गाउँपालिका वडा नम्बर ४ को पहलमा कांग्रेस पार्टीका विभिन्न सहयोगीबाट संकलित ८५ हजार रुपैयाँ पनि स्व. खेतुलालका कान्छा छोराको नामको मुद्द्ती खाता जम्मा गर्ने गरि परिवारलाई हस्तान्तरण गरिएको थियो।

 

 

 

 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १६:३५
प्रतिक्रिया दिनुहोस्