प्रजातान्त्रिक उद्योगी व्यवसायी संघको नेपालगञ्जमा बृहत रक्तदान

शुक्रबार, जेठ ३२, २०८१
Honor 600 pro

बाँके  । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ नेपालगञ्जले आज बृहत रक्तदान कार्यक्रम गरेको छ । विश्व रक्तदाता दिवसको अवसरमा नेपालगञ्जस्थित स्वस्तिक कटेजमा विहानदेखि बृहत रक्तदान कार्यक्रम जारी छ ।

रक्तदान कार्यक्रमको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले शुभारम्भ गरेका थिए । संघका अध्यक्ष शिवप्रसाद दाहालको अध्यक्षता एवम् विष्टको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रमको शुभारम्भ गरिएको हो । रगत अभाव हुन नदिने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको दाहालको भनाई छ । दाहालले कम्तीमा १०० जनाको रगत संकलन गर्ने लक्ष्य लिएको बताए । 

शुभारम्भ कार्यक्रममा नेपाली कांग्रेस बाँकेका उपसभापति गोपाल प्रसाद अधिकारी, कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत, सहसचिव रेणु सिंह ठाकुर, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेश कुमार गुप्ता, प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका बाँके अध्यक्ष सञ्जय थापा, रेडक्रस बाँकेका सभापति गोबद्र्धन सिंह सम्झना, रक्त सञ्चार केन्द्र प्रमुख उपेन्द्र रेग्मी लगायत उद्योगी व्यवसायीको उपस्थिति रहेको थियो । रक्त सञ्चार केन्द्र प्रादेशिक कार्यालय नेपालगञ्जको प्राविधिक सहकार्यमा रक्तदान कार्यक्रम गरिएको हो । 

हरेक वर्षको जुन १४ का दिन विश्वभर विश्व रक्तदाता दिवस मनाइन्छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १४:०९
प्रतिक्रिया दिनुहोस्