ओखलढुंगामा कांग्रेसबाट निर्वाचित वडाध्यक्षको निधन

बिहीबार, जेठ ३१, २०८१
honor mob  winter sales

ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका- ५ का वडाध्यक्ष गोपीकृष्ण कार्कीको निधन भएको छ।

Honor x7 pad

नेपाली कांग्रेसबाट निर्वाचित कार्कीको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगन्ज निधन भएको गाउँपालिकाले जनाएको छ।

५० वर्षीय कार्की हड्डीको क्यान्सरबाट ग्रसित भएर अस्पतालमा उपचाररत थिए।स्व.कार्कीका एक श्रीमती, एक छोरा र छोरी छन।

वडाध्यक्ष कार्कीको निधनको शोकमा गाउँपालिकाले आज गाउँपालिकाभर शोक बिदा दिएको छ।

 

 

 

 

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १३:४७
प्रतिक्रिया दिनुहोस्