कुर्सीका लागि भारतसँग लम्पसार पर्नेले मलाई भारतीय दलाल देखेछन् : बाबुराम भट्टराई

बुधबार, जेठ ३०, २०८१
honor mob  winter sales

काठमाडौं । कुर्सीका लागि भारतसँँग लम्पसार पर्नेले  आफूलाई भारतीय दलाल भन्ने गरेकोमा पूूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले गुनासो गरेका छन् । भारतसँग भएका असमान सन्धि सम्झौता पुनर्लेखनका लागि आफूले प्रवद्ध व्यक्ति समूह (ईपीजी) बनाएर समस्या समाधान गर्नुपर्छ भनेर सुरु गरेको आफूलाई भारतीय दलाल भन्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे। 

Honor x7 pad

नेपाल समाजवादी पार्टी स्थापना दिवसको अवसर पारेर बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले भारतसँगको समस्या समाधान गरौँ भन्ने आफूलाई दलाल देख्ने तर कुर्सीका लागि भारतसँग लम्पसार गर्नेहरूलाई राष्ट्रवादी देख्ने भएकाले मुलुक बन्न नसकेको जिकिर समेत गरे। उनले आफूले राजतन्त्रको अन्त्य गर्ने संकल्प लिएकाले कम्युनिष्ट पार्टीमा लागेको र त्यसको अन्त्य भएपछि छोडेको पनि स्पष्ट पारे । 

उनले भने, ‘भारतसँगको सन्धि, सम्झौताहरू जुन हुन । प्रबुद्ध व्यक्ति समूहको आधारमा फेरि पुनर्लेखन गरौँ भन्ने त बाबुरामले नै सुरु गरेको हो । र अहिले त्यो हरायो। उल्टो बाबुराम त भारतीय दलाल भयो भन्छन् । जसले प्रबुद्ध समूह बनाएर भारतसँग वार्ता गरेर यो समस्या हल गरौं र खुला सिमाना असमान सन्धि, सम्झौता अंगे्रजका पालादेखि भए । त्यसलाई समयानुकूल बनाऔँ भन्ने चाहिँ दलाल । जसले आफ्नो कुर्सीको निम्ति यहाँ १२ हात उफ्रिन्छ, तर दिल्लीमा गएर लम्पसार पर्छ, ती चाहिँ राष्ट्रवादी रु भएपछि यो देश बन्छ ? हो यिनै आधारभूत कुरालाई सच्याउने गरी नयाँ वैकल्पिक शक्तिहरू आउनु पर्छ । काँग्रेस, एमालेलाई साथीहरूलाई म धन्यवाद दिन चाहन्छु । म पनि त्यसैको उपज हो । म पनि विपी कोइरालाको समर्थक थिए । राजालाई मान्यतिर गएपछि मैले छोडेको हो । पछि कम्युनिष्ट पार्टीमा लागेकै हो । तर त्यो स्टालिनवादी ढाँचा मलाई शुरु देखिनै मन नपरेको हो । मैले त्यसको मोहनविक्रमजीको पालादेखि विरोध गरेको छु । तर त्यहाँ किन लागे भने कमसेकम राजतन्त्र अन्त्य गर्ने, सामन्तवाद अन्त्य गर्ने कुरा गर्दथ्यो । त्यसैले म लागे । जब त्यो कुरा भयो, त्यसपछि मैले छोड दिए । कुरा सिधा यही हो नि ।’

अध्यक्ष भट्टराईले मुलुकलाई सुशासनको बाटोमा अघि बढाउन जनलोकपाल गठन गरेर अघि बढ्नुपर्ने प्रस्ताव समेत गरे । दलहरूले आफ्नो मान्छेलाई नियुक्त गर्ने भएकाले विद्यमान अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायहरूले भ्रष्टाचारको अन्त्य गर्न नसक्ने उनले धारण राखेका थिए।

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १७:४६
प्रतिक्रिया दिनुहोस्