गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिँदै

सोमबार, जेठ २८, २०८१
honor mob  winter sales

पोखरा। सर्वोच्च अदालतको परमादेशबाट गण्डकी प्रदेशका मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन् । मुख्यमन्त्री पाण्डेले दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ ।

Honor x7 pad

गण्डकीका तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक घोषणा गर्दै सर्वोच्च अदालतले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

पाण्डे नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले विश्वासको मत नपाएको खण्डमा गण्डकीमा पनि उपधारा ५ बमोजिमको सरकार गठन हुनेछ ।

गण्डकीमा विश्वासको मतका लागि ३१ सांसदहरुको समर्थन आवश्यक छ । तर कांग्रेससँग २७ सिटमात्रै छ । कांग्रेसलाई २ सिट रहेको राप्रपा र स्वतन्त्रको एक मत प्राप्त भए पनि बहुमत पुग्ने देखिँदैन । गण्डकीमा एमालेको सभामुखसहित २२ र माओवादी केन्द्रको ८ सांसद रहेका छन् ।  

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १०:३२
प्रतिक्रिया दिनुहोस्